
कात्तिक १४, २०७८
चौतारा : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा बनेको मिलनचोक म्हे–म्हे खेल मैदानको उद्घाटन भएको छ ।
बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले आइतबार खेल मैदानको उद्घाटन गरेका हुन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ‘क’ बाट बागमती प्रदेश सांसदमा निर्वाचित दुलालले आफु सामाजिक विकास मन्त्री हुँदा खेल मैदानका लागि बजेट विनियोजन गरेका थिए । उनको पहलमा प्रदेशबाट ७० लाख बजेट विनियोजन भएको थियो
खेलकुद क्षेत्रको विकासका लागि भएको यो प्रयास सबैका लागि हौसलाको विषय भएको दुलालले बताए ।
प्रमुख अतिथि युवराज दुलाल (शरद), इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, नेकपा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल, नेपाली कांग्रेस जिल्ला सभापति विकास लामा, नेकपा माओवादी केन्द्रका नेता बीरबहादुर तामाङ लगायतको विशेष आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो।

प्रतिक्रिया दिनुहोस