२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

पछिल्ला ४ बर्षमा यसरी फेरिए चौताराका सडक (फोटोफिचर)

  • २०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक ९, २०७८

    चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकामा पछिल्लो ४ बर्षमा सडकहरुको स्तरोन्नती र कालोपत्रे भएका छन्।

    हिउँद चल्ने तर वर्षा याममा बन्द हुने अधिकांश सडकहरू चार बर्षको अवधिमा फेरिएको नगरपालिकाकी उपप्रमुख जानुुका पराजुली बताउँछिन्।

    नगरपालिका केन्द्रदेखि १४ वटै वडा कार्यालय जोड्ने सडकहरू स्तरोन्नती र कालोपत्रे भएको उनको भनाइ छ।

    जल्केनी-जितपुर-कदमबास सडक, जल्केनी-चापाबोट वडा कार्यलय हुँदै सुकुटे जोड्ने सडक, साँगाचोक-डडुवा सडक धमाधम कालोपत्रेको काम भइरहेकोे उनले बताइन्।

    साथै, टोल बस्तीमा पुग्ने गोरेटो बाटाहरूमा समेत सिडि बनिरहेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस