२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

  • २०७८ कार्तिक ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक ७, २०७८

    चौतारा : सरकारले आज र भोलि देशभरका बालबालिकाका लगि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ।

    ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए  र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।

    बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस