२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

इन्द्रावती खोलामा ह्युम पाईप राखेर अस्थायी बाटो निर्माण (तस्बिरहरु)

  • २०७८ आश्विन १६, शनिबार मा प्रकाशित ४ साल अघि
  • असोज १६, २०७८

    चौतारा : असार १ गते आएको बाढीले पक्की पुल बगाएपछि इन्द्रावती खोला अस्थाई बाटो निर्माण गरिएको छ। उपभोक्ता समितिले कार्य ह्युम पाईप राखेर अस्थायी रुपमा बाटो सञ्चालनमा ल्याउन लागेको हो।

    ह्युम पाईप राख्ने काम अन्तिम चरणमा पुगेको भएकाले शनिबार बेलुका बाट अस्थायी पुल सञ्चालमामा आउने स्थानीय बताउँछन् । ह्युम पाईप राखिसकेपछि इन्द्रावती गाउँपालिका, पाँचपोखरी गाउँपालिका, मेलम्ची नगरपालिकाको ज्यामिरे, सिखरपुर र चौतारा जाने बाटो खुल्छ ।

    तस्बिरहरु

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस