२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

माधव नेपालको पार्टीमा लागिन् मेलम्चीकी उपप्रमुख भगवती नेपाल

  • २०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ १५, २०७८

    चौतारा : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् ।

    आज पेप्सिकोलामा आयोजित उपत्यकामा उपलब्ध सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी छन् ।

    नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहेकी नेपाल समाजवादीमा नै खुलेकी हुन् । एमालेमा नेपाल समूहको गढ मानिएको सिन्धुपाल्चोकका जनप्रतिनिधिले पार्टी स्पष्ट गरेका छैनन् ।

    एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको म्याद दिएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस