२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

मन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ तोला सुन (विवरणसहित)

  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित ४ साल अघि
  • जेठ २७, २०७८

    चाैतारा : नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

    मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ। काठमाडौं सहित देशका विभिन्न १४ ठाउँमा तामाङको जग्गा रहेको छ। 

    मन्त्रीले उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा रहेको जग्गाको रहेको विवरण छ।  तामाङको  नाममा भने काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको छ। काठमाडौँको गोकर्णेश्वरमा घरसहितको जग्गा छ। 

    सम्पत्ति विवरण अनुसार उनीसँग २२ तोला सुन रहेको छ। 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस