२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

माओवादीले पार्टी कार्यालयहरूलाई आइसोलेशन बनाउने

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • वैशाख ३०, २०७८

    चाैतारा : नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालयहरूलाई आइसोलेशन कक्ष बनाउने निर्णय गरेको छ ।

    देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन कक्ष बनाउने भएको हो ।

    बुधबार बसेको विभिन्न जिल्लाका पार्टी अध्यक्षको बैठकले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने निर्णय गरेको हो ।

    पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आफ्नै भवन भएका सबै जिल्लामा आइसोलेशन बनाउने भएको हो ।

    सचिव ढकालले आफ्ना पार्टीका नेता तथा कार्याकर्तालाई यसअघि नै कोरोनाविरुद्धको लडाइँमा लाग्न आह्वान गरिसकेको जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस