२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

गाउँमा दुई र शहरमा पाँच सय संक्रमित भेटिए लकडाउन गर्न सिफारिस

  • २०७८ बैशाख १३, सोमबार मा प्रकाशित ४ साल अघि
  • बैशाख १३, २०७८

    चौतारा : कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको बैठकले यस्तो सिफारिस गरेको हो।

    सीसीएमसीले निषेधाज्ञाको अधिकार सम्बन्धित स्थानीय तहलाई दिन पनि सरकारलाई अनुरोध समेत गरेको छ।

    बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ ।

    सिन्धुपाल्चोक जिल्लामा हाल ३ सय बढी सक्रिय संक्रमित छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस