२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

२४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना संक्रमण

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित ४ साल अघि
  • बैशाख १२, २०७८

    चौतारा : पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
    उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।

    यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस