२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

बलेफी-बाह्रबिसे प्रशारण लाइन निर्माणमा जग्गा स्वीकृति गर्ने निर्णय

  • २०७७ चैत्र २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • चैत २९, २०७७

    चौतारा : सरकारले बलेफी–बाह्रबिसे प्रशारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृत गर्ने निर्णय गरेको छ। उर्जा, जलस्रोत र सिँचाई मन्त्रालयको प्रस्तावमा यही २३ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो।

    जिल्लाको पाङ्गताङ्ग सवस्टेशनदेखि बाह्बिसे सवस्टेशनसम्म झण्डै २० किलोमिटर डबल सर्किट बलेफी–बाह्रबिसे १३२ केपी प्रशारण लाइनको टावरहरु निर्माण गर्न जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिकामा पर्ने १ दशमलव २७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस