२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

कांग्रेसले सक्यो सिन्धुपाल्चोक बाहेक सबै जिल्लाको समायोजन

  • २०७७ चैत्र २१, शनिबार मा प्रकाशित ४ साल अघि
  • चैत २१, २०७७ चौतारा : नेपाली काँग्रेसले सिन्धुपाल्चोकबाहेक सबै जिल्लाको संगठन समायोजन सकेको छ ।

    काँग्रेसको स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम ७७ जिल्लाको समायोजन गर्ने कार्य पार्टी केन्द्रीय निर्वाचन समितिलाई सुम्पिएकोमा ७६ जिल्लाको समायोजन गर्ने कार्य सकिएको हो ।

    सिन्धुपाल्चोकको भने प्राविधिक कारणले नसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    समायोजन गर्ने क्रममा अभिलेखहरु दुरुस्त रहेको जिल्लामा कुनै समस्या नदेखिएपनि अभिलेख ठीनसँग नराखिएको स्थानमा भने सत्यतथ्य छुट्याउन निकै सकस भएकाले आउन दिनमा वडादेखि केन्द्रीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको अभिलेख सम्बन्धित सबै तहमा राख्ने र हेर्न सक्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ ।

    समायोजनका क्रममा अन्तिममा समायोजन भएका सप्तरी धनुषा, सर्लाही, बारा तथा पर्सा जिल्लामा केही उजुरी परेका थिए । ती उजुरीमाथि छानबिन भइ निर्णय दिँदा समेत केही गुनासो काममै रहेको बताइएको छ । त्यस्ता गुनासाहरु केन्द्रीय समितिमा पठाइएको छ ।

    काँग्रेसले समायोजनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा एकराज पोखरेल, सीताराम केसी, खम्बहादुर खाती र गोपालकृष्ण घिमिरे सदस्य रहेको समिति बनाएको छ । तीमध्ये राजेश्याम अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस