२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

गल्ती कमजोरी सच्याउँदै संगठन निर्माणमा लाग्नुपर्छ : ​युवराज दुलाल

  • २०७७ चैत्र १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • चैत १४, २०७७

    चौतारा : नेकपा माओवादी केन्दका केन्द्रीय युवराज दुुलालले कार्यकर्ताहरुलाई पार्टी संगठन निर्माण अभियानमा लाग्न आग्रह गरेका छन्।

    माओवादी केन्द्रको नगरस्तरीय विस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै पहिलेको कुुरालाई बिर्सेरे घटनाक्रमबाट पाठ सिकेर अघि बढ्ने भन्दै कार्यकर्तालाई निर्देशन समेत दिए।

    उनले माओवादी केन्द्रले निर्वाचित २ र समग्र सिन्धुुपाल्चोकमा विकासको लहर छाएको दाबी गरे। विकास निर्माणलाई प्राथमिकता दिएर लाग्ने प्रतिवद्धता जाहेर गरे।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता चन्द्र ब. थापाले विगतका गल्ती कमजोरी सच्याउँदै कम्युुनिष्ट एक हुुनुुपर्नेमा जोड दिए।

    उनले कार्यकतालाई निरास नभई पार्टी निर्माणमा लाग्न आग्रह समेत गरे।

    बैठकमा प्रदेश र जिल्ला पार्टीको सर्कुलरबारे जानकारी गराइएको नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य सिपी दुुलालले जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस