२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्ने

  • २०७७ फागुन २९, शनिबार मा प्रकाशित ३ साल अघि
  • फागुन २९, २०७७

    चौतारा : फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ। छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ।

    विश्वकप छनोटअन्तर्गत समूह ‘बी’का बाँकी खेल कुवेतमा हुने भएको हो। कोरोना भाइरसको महामारीका कारण चाइनिज ताइपेइ र अष्ट्रेलियाले नमानेपछि दशरथ रंगशालामा हुने भनिएका खेल स्थगित भएका थिए। छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन्।

    प्रतियोगितामा नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। समूह ‘बी’मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अंक जोडेको छ। चाइनिज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ। समूह ‘बी’को शीर्ष स्थानमा अष्ट्रेलिया छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस