२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

फाइजरले कोभिड-१९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने

  • २०७७ माघ २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • माघ २१, २०७७

    एजेन्सी : फाइजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मंगलबार जानकारी गराएको छ।

    कम्पनीले भनेको छ, “हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ। कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी छ। आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ।’

    फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ।

    फाइजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४ दशमलव ४ अर्ब अमेरिकी डलरदेखि ४६ दशमलव ४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस