२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

किन चलेन फेसबुकसँगै मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम?

  • २०७८ आश्विन १९, मंगलबार मा प्रकाशित २ साल अघि
  • असोज १९, २०७८

    सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलेका छैनन्।

    विश्वभरिका प्रयोगकर्ताले यी सामाजिक सञ्जाल नचलेको भन्दै अर्को सामाजिक सञ्जाल ट्विटरमार्फत गुनासो गरेका छन्।

    सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजे फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप नचलेको गुनासो प्रयोगकर्ताले गरेका छन्।

    कम्प्युटरमा फेसबुकडटकम टाइप गर्नासाथ ‘दिस साइट कान्ट बि रिच्ड’ (यो साइटमा भेट्न सकिएन) सन्देश आउँछ।

    यस्तै मेसेन्जर र ह्वाट्सएप पनि खुलेका छैनन्। इन्स्टाग्राम फेसबुकको फोटो सेयरिङ एप हो।

    डाउनडिटेक्टर डट कमका अनुसार सोमबार राति करिब साढे ९ बजे संसारभरिका करिब १ लाख २५ हजार प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राम नखुलेको गुनासो गरेका छन्।

    समाचार एजेन्सी रोयटर्सले फेसबुकको वेबपेजले ‘डोमेन नेम सिस्टम (डिएनएस) एरर’ देखाउने जनाएको छ।

    फेसबुकले आफ्नो ट्विटर ह्यान्डलमा सोमबार राति यसबारे भनेको छ, ‘कतिपयले हाम्रा एप चलाउन नसकेको जानकारी हामीले पाएका छौं र सकेसम्म छिटो सामान्य बनाउने प्रयासमा छौं। यसबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्छौं।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस