२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

विश्वमा एकै दिन थपिए चार लाख ५५ हजार कोरोना संक्रमित

  • २०७८ आश्विन १६, शनिबार मा प्रकाशित २ साल अघि
  • असोज १६, २०७८

    एजेन्सी : विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ५५ हजार ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    संक्रमितमध्ये एक लाख ९ हजार ८७१ जना अमेरिकाका रहेका छन्। सोही अवधिमा अमेरिकामा १ हजार ७४५ जना संक्रमितको मृत्यु भएको छ। यसैगरी बेलायतमा ३५ हजार ५७७ जना संक्रमित फेला परेका छन्। त्यहाँ सोही अविधमा १२७ जनाको मृत्यु भएको छ।

    यस्तै टर्कीमा थप २८ हजार ८०० जनामा कोरोना संक्रमण पुष्टि हुँदा २१० जनाको मृत्यु भएको छ। रुसमा साढे २४ हजार संक्रमित थपिँदा ८८७ जनाको मृत्यु भएको छ। यसैगरी छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा साढे १८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सो अविधमा २३३ जनाको मृत्यु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस