२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

  • २०७७ माघ १९, सोमबार मा प्रकाशित ५ साल अघि
  • माघ १९, २०७७

    चौतारा : नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

    अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस