२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

कविता : तिमीलाई सम्झन्छु

  • २०७७ माघ १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • सुस्मा तिमल्सिना

    माघ १०, २०७७

    रात ढल्किदै गएपछि
    बादलहरु लुक्दै जाने क्रममा
    जब झुल्किन थाल्छन् ताराहरु
    मानौं उनिहरु एकआपसमा
    लुकिलुकि हेर्दै छन्
    हो त्यो बेला म तिमीलाई सम्झन्छु ।

    परको टुक्रे बादलमा
    आफ्नो प्रियतम् को तस्वीर बनाएर
    उसैलाई पछ्याउदै उडिरहेकी चरी देख्दा
    लाग्छ, ऊ हतार हतार
    आफ्नो प्रियतम् भेट्न आतुर छे
    त्यो बेला पनि म तिमीलाई सम्झन्छु ।

    हजारौं प्रियतमहरुका सुगन्ध बोकेर
    दौडिरहने हावा सँग जब एकाकार हुन्छु म
    कता कता तीव्र गन्ध पनि
    त्यही मिसिएझैं लाग्छ
    त्यो बेला पनि म तिमीलाई सम्झन्छु ।

    फुल्दै गरेका कोपिला देख्दा
    हास्दै गरेका तिम्रा आँखा सम्झन्छु म
    कल्काउला पालुवालाई छोएर
    तिम्रो स्पर्श सम्झन्छु म
    मीठो बासुरीको धुनले तिम्रो
    आवाजको झल्को दिन्छ
    यी सबै बेलाहरुमा म सधैं तिमीलाई सम्झन्छु ।

    बिहानीमा बाहिर हिड्दै गर्दा
    जब शीतका थोपाहरुले निथ्रुक्कै भिजाउँछन्
    त्यो बेला लाग्छ तिम्रा यादहरुले भिजिरहेकी छु
    शिरानी लाई काखी च्याप्दा नसम्झने कहाँ हुँ र
    जब निद नलागेर कोल्टे फेर्दा फेर्दै रात बित्छ
    जाने हुन्छ त्यो बेला पनि
    म तिमीलाई सम्झन्छु।

    यादहरुमा नै रमाउन सिकिसकेछु मैले
    ए१ रुमानी यादहरु धन्न साथमा उसलाई
    लिएर आएका छैनौ
    र त मैले यादहरुमा उसलाई सम्झन्छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस