२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

गुगलले निलम्बन गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल

  • २०७७ माघ ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • माघ ४, २०७७


    बीबीसी :
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाको सूचिमा युट्युब पनि थपिएको छ ।

    गुगल स्वामित्वको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ । जसका कारण अब ट्रम्पको युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ स्ट्रिम गर्न पाइने छैन । तत्कालका लागि ७ दिनको निलम्बन घोषणा गरिएको भएपनि समयावधि लम्बिन सक्ने र ट्रम्पको युट्युब च्यानलमाथि स्थायी रुपमै प्रतिबन्ध लाग्नसक्ने बताइएको छ ।

    हिंसा भड्काउनका लागि ट्रम्पको युट्युब च्यानलले सहयोग गरेको र यसले युट्युबको नीति उल्लंघन गरेको ठहर गुगलको छ । ट्रम्पले मंगलबार मात्र आफ्नो युट्युब च्यानलमा विभिन्न भिडियोहरु अपलोड गरेका छन् र त्यसमध्ये केही भिडियोहरु आपत्तिजनक रहेको युट्युबले जनाएको छ ।

    प्रतिबन्ध लगाइएका ट्रम्पका भिडियोहरुमा कस्ता कस्ता सामाग्रीहरु थिए भन्ने चाहीँ गुगलले खुलाएको छैन । युट्युबमा संगठित रुपमा विज्ञापन बहिस्कार गर्ने अधिकारवादी समूहहरुले चेतावनी दिएको केही घण्टामै गुगलले ट्रम्पको युट्युब च्यानल निलम्बन गर्ने निर्णय गरेको हो ।

    गतवर्ष फेसबुक विरुद्ध यस्तै खालको अभियान सञ्चालन गरेका कतिपय अभियन्ताहरुले चाहीँ ट्रम्पको च्यानल सधैका लागि बन्द गरिदिन आग्रह गरेका छन् । गुगलले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘हिंसाको सम्भावित खतराको परिप्रेक्ष्यमा गहन समीक्षा पश्चात् डोनाल्ड ट्रम्पको च्यानलमा अपलोड भएका नयाँ सामाग्रीहरु हटाइएको छ ।’

    यसअघि फेसबुक र इन्स्टाग्रामले डोनाल्ड ट्रम्पका अकाउन्ट निलम्बन गरिसकेका छन् भने ट्वीटरले एक कदम अगाडि बढ्दै उनको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएको छ ।

    त्यस्तै अमेजनको ट्विचले पनि ट्रम्पको अकाउन्ट निस्क्रिय पारिदिएको छ र स्नापच्याटले पनि अकाउन्ट लक गरिदिएको छ । त्यसका साथै शपिफाइ, पिन्टेरेस्ट, टिकटक र रेडिटले समेत ट्रम्पका अकाउन्टमाथि कडाइ गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस