२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

साफ फुटबल कात्तिक २८ बाट हुने

  • २०७७ पौष १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • पुष १४, २०७७
    चौतारा : दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको छ ।

    अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको हो । बंगलादेशमा हुने प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको छ ।

    पूर्वतालिकाअनुसार साफ यसैवर्ष हुनुपर्ने थियो । तर कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ ।

    साफको कार्यकारी समितिको बैठकको निर्णयअनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ ।

    त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएको छ । यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस