२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

ब्याडमिन्टन प्रतियोगिता : प्रिन्स दाहाल र नवीन श्रेष्ठबीच आज उपाधि भिडन्त

  • २०७७ मंसिर २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २६, २०७७

    चौतारा । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियतर्फ फाइनलमा प्रवेश गरेका छन्।

    पुरुष एकलतर्फको सेमिफाइनलमा नेपाल नम्बर एक रत्नजीत तामाङलाई पराजित गर्दै प्रिन्स फाइनलमा पुगेका हुन्। बिहीबार भएको खेलमा रत्नजीतविरुद्ध प्रिन्सले करियरकै पहिलो जित निकाल्दै फाइनल यात्रा तय गरे।

    जिल्ला सदरमुकामको कभर्डहलमा भएको खेलमा प्रिन्सले सोझो सेटमानै नतिजा आफ्नो फक्षमा पार्न सफल भए। उनले २१-१९ र २१-१६ ले खेल आफ्नो पक्षमा पारे। सिनियरतर्फ प्रिन्स ९ औँ वरीयतामा छन्।

    उपाधिका लागि प्रिन्सले आर्मीका नवीन श्रेष्ठसँग शुक्रबार प्रतिष्पर्धा गर्ने छन्। बिहिबारनै भएको दोस्रो सेमिफाइनलमा नविनले आर्मीकै रुकेश महर्जनलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गरेका थिए।

    राष्ट्रिय पुरुष एकलतर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्दा उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

    त्यस्तै सेमिफाइनलिस्ट दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन्। युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाइनलिस्ट दुई जोडीले ५–५ हजार प्राप्त गर्नेछन्।

    यस्तै सिंगल जिल्ला विजेताले ३० हजार प्राप्त गर्दा उपविजेताले २० हजार प्राप्त गर्नेछ। यस्तै सेमिफाइनल पुग्न सफल दुई खेलाडीले जनही ५ हजार प्रदान गरिने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस