२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

पत्रकारलाई मासिक पेन्सन !

  • २०७७ मंसिर २५, बिहिबार मा प्रकाशित ५ साल अघि
  • मंसिर २५, २०७७

    हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पत्रकारहरुको क्षेत्रमा नवीन काम गर्न खोजेको छ। सम्भवत नेपालमै पहिलोपटक पत्रकारलाई पेन्सन दिने काम मकवानपुर शाखाले सुरु गर्न लागेको हो।

    जिल्ला शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाई ६० वर्ष उमेर पुगेका पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने भएको हो।

    पत्रकार महासंघ मकवानपुर शाखाको बुधबारको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि २०७७ पास गर्दै पेन्सन सुरुवात गर्न लागेको छ। पेन्सन दिन हेटौंडा उपमहानगरपालिकाले कोषमा १० लाख रुपैयाँ यसअघि नै हस्तान्तरण गरेको छ।

    पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघि नै खोलिएको खातामा १० लाख रुपैयाँ जम्मा गरिएको छ।
    यही बैंकमा यसअघि मुद्दती खातामा रहेको दुई लाख रुपैयाँ समेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको १० लाखको व्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए।

    पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको यही मंसिर २६ गतेको साधारण सभाले पारित गर्न लागिएको छ। लगातार कम्तीमा २० वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको अध्यक्ष हुमागाइँले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस