२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

चौतारामा जारी ब्याडमिन्टन प्रतियोगिता : शुक्रबार फाइनल खेल

  • २०७७ मंसिर २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २४, २०७७

    चौतारा । प्रकाश श्रेष्ठ र अभिषेक गुरुङको जोडी तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स डबलको फाइनलमा पुग्न सफल भएको छ।

    मंगलबार विहान सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको पहिलो सेमिफाइनलमा प्रकाश र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै उपाधि नजिक रहे ।

    यस्तै, विहानै भएको दोस्रो सेमिफाइनलमा अभिषेक र युवराज अधिकारी जोडीले सुरेन्द्र र कैलाश घलेको जाडीलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगे ।

    पहिलो सेट २०–२० ले गुमाएको प्रकाश जोडीले बाँकी दुई सेटमा पुनरागमन गर्दै २१–१० र २१–७ मा जित्न सफल भए ।

    यस्तै दोस्रो खेलको पहिलो सेट २०–२२ ले गुमाएको अभिषेकको जोडीले सुरेन्द्रको जोडीलाई पुनरागमन गर्दै २१–११, २२–११ मा हराउन सफल भयो ।

    अब दुई जोडी उपाधिका लागि २६ गते भिड्नेछन् ।

    अभिषेकलाई सिंगलको उपाधि

    त्रिपुरा सुन्दरीका अभिषेक गुरुङले तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स सिंगलको उपाधि हात पारेका छन् ।

    मंगलबार साझ सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको फाइनल खेलमा त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गरे ।

    पहिलो सेट २१–१९ ले जितेका अभिषेकले दोस्रो सेट २१–१५ ले जित्न सफल भए । जितसँगै अभिषेकले नगद ३० हजार तथा उपबिजेता सुरेन्द्रले नगद २० हजार रुपैयाँ प्राप्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस