२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

पूर्वमन्त्री बस्नेत परिवारको लगानीमा फुटबल प्रतियोगिता हुने

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २०, २०७७

    चौतारा । बाह्रविसे नगरपालिका ४ पालाँतीमा जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ। नेपाली कांग्रेस खेलकुद विभागको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो।

    कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता हुनेछ। कुल नौ लाख रूपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको आर्थिक व्यवस्थापन पूर्वसूचना तथा सञ्चार मन्त्री एवंम् नेपाली काङ्ग्रेस केन्द्रीय खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतको परिवारले गर्ने भएको छ।

    पूर्वमन्त्री बस्नेत परिवारले आर्थिक खर्च गर्ने प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा गर्नेछ। स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ।

    स्थानीय स्तरमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका राख्ने अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।

    प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय ११, दोस्रो हुनेलाई ५५ हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिने अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिए।

    प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरेक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ५ हजार र ट्रफि प्रदान गरिने उनले बताए।

    प्रतियोगिता आउँदो पुस २२ बाट २८ सम्म चल्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस