२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

किम जोङ उनले लगाए कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन

  • २०७७ मंसिर १७, बुधबार मा प्रकाशित ५ साल अघि
  • मंसिर १७, २०७७

    एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनले चीनले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन्। अमेरिकी विज्ञहरुलाई उद्धृत गर्दै प्रकाशित गरिएको समाचार अनुसार शासक किमसहित उनका परिवारका सदस्य चीनमा बनेको भ्याक्सिन लगाएका हुन्।

    तर यो भ्याक्सिनलाई अझैसम्म विश्‍व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छैन। यो भ्याक्सिन तेस्रो चरणको परीक्षणमै रहेको छ। जापानी जासूसी संस्थाहरुलाई उद्धृत गर्दै अमेरिकी अधिकारीहरूले किमले भ्याक्सिन लगाएकोबारे बताएका हुन्।

    तर उत्तर कोरियाली शासकले चीनको कुन कम्पनीले बनाएको भ्याक्सिन लगाए भन्‍ने अझैसम्म पुष्टि भएको छैन। अहिलेसम्म उत्तर कोरियाले आफ्नो देशमा भएका संक्रमितहरु बारेमा केही पनि बोलेको छैन।

    तर दक्षिण कोरियाको जासूसी सूत्रले उत्तरमा ठूलो संख्यामा कोरोना संक्रमित रहेको दाबी गरेका छन्। यसको प्रमुख कारण भनेको यहाँका अधिकांश मानिसहरु चीनमा आवतजावत गरिरहन्छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस