२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

कोरोनाविरुद्धको अमेरिकी नयाँ खोप ९५ प्रतिशत प्रभावकारी

  • २०७७ मंसिर ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर ४, २०७७
    एजेन्सी : अमेरिकाको नयाँ खोप कोरोना विरुद्ध ९५ प्रतिशत प्रभावकारी हुने देखिएको छ। अमेरिकी कम्पनी मोडर्नाले निर्माण गरेको खोप परीक्षणको सुरुवाती नतिजाले सफलताको संकेत गरेको हो।

    यो खोप महामारी अन्त्यका लागि सहयोगी सावित हुने विश्वास गरिएको छ । मोडर्नाले कम्पनीका लागि ऐतिहासिक सफलता हात लागेको भन्दै आगामी केही साताभित्रै खोप प्रयोगका लागि अनुमति लिइने जनाएको छ।

    यद्यपि कम्पनीले अहिले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक भएको र केही महत्वपूर्ण प्रश्नको उत्तर आउन बाँकी नै रहेको बीबीसीले उल्लेख गरेको छ। यसको परीक्षण तीस हजार अमेरिकी नागरिकमा गरिएको थियो। जसमध्ये आधा मानिसलाई चार हप्ताको फरकमा दुईपटक खोप लगाइएको थियो। बाँकीलाई कोरोनाको खोप दिइएको थिएन। कोरोनाको लक्षण देखिएका सुरुवाती ९५ मध्ये कारोना खोप दिइएका केवल पाँच जना थिए।

    अन्य ९० जना मानिसहरु औषधि नराखिएको डमी खोप दिइएको थियो। कम्पनीले ९४ दशमलव ५ प्रतिशत मानिसलाई खोपले कोरोना संक्रमणबाट बचाउने बताएको छ। यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो। रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस