२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

कोरोनाको खोप अबको एक महिनामै सर्वसाधारणसम्म आइपुग्‍ने

  • २०७७ कार्तिक २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक २४, २०७७
    एजेन्सी : कोरोनाभाइरसविरुद्धको खोप एक महिनाभित्रै आउने दावी गरिएको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका फर्मास्युटिकल्सको संयुक्त प्रयासमा विकास भइरहेको खोप आगामी डिसेम्बर महिनाको अन्त्यसम्म आइसक्ने दावी गरिएको हो ।

    र डिसेम्बरपछि खोप आम सर्वसाधारण मानिसको पहुँचमा पुग्ने बताइएको छ । तर यसका लागि नियमनकारी निकायको अनुमति आवस्यक पर्नेछ । एस्ट्राजेनेका फर्मास्युटिकल्सले भने यदी नियमनकारी निकायबाट अनुमति पाएको खण्डमा २०२१ को जनवरीदेखि नै सर्वसाधारणसम्म खोप पुर्‍याउन सकिने जनाएको छ ।

    तर नियमनकारी निकायले छिट्टै आफ्नो काम गर्न सकेको खण्डमा कम्पनीले भने खोप डिसेम्बरको अन्तिम सातादेखि नै सर्वसाधारणमाझ पुर्‍याउन सक्ने जनाएको छ ।

    कोरोनाको खोप विकासको काम छिटो गरिरहेका देशमा बेलायत पनि एक हो । यद्यपि यसअघि उक्त खोप परीक्षणका बेला परीक्षण गरिएका मानिस अचानक बिरामी परेपछि खोपको काम बीचमा रोकिएको थियो ।

    एस्ट्राजेनेका कम्पनीले खोप वितरणमा लागि अमेरिका, बेलायतसहित युरोपियन युनियन, जापान र ब्राजिलसँग सम्झौता गरिसकेको छ ।

    यसवाहेक कोरोनाको खोप विकासमा चीन, रुस र अमेरिका लगायत देश पनि अगाडि नै छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस