२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

चौतारामा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुँदै

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक १७, २०७७
    चौतारा : सिन्धुपाल्चोक जिल्लाको चौतारामा हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ। राष्ट्रिय मेयर कप तोप २१ को आयोजनामा मंसिर २१ गतेबाट व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो।

    राष्ट्रिय स्तरीय मेन्स सिंगल विजेतालाई एक लाख एघार हजार एक सय ११ रुपैयाँ पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

    यस्तै, जिल्ला स्तरीय मेन्स डबल विजेतालाई ४० हजार रुपैयाँ नगद र उपविजेतालाई ३० हजार नगद प्रदान गरिने र जिल्ला स्तरीय मेन्स सिंगलको विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार रुपैयाँले पुरस्कार प्रदान गरिने जनाएको छ।

    पहिलो चरणमा सिन्धुपाल्चोक जिल्ला स्तरीय मेन्स सिंगल र मेन्स डबल तथा दोस्रो चरणमा राष्ट्रिय मेन्स सिंगल खेल सञ्चालन हुनेछ। सो प्रतियोगिताको प्रबद्धक चौतारा साँगाचोकगढी नगरपालिका गर्नेछ।

    प्रतियोगितामा सहभागिता जनाउन चाहानेले आयोजकसँग सिघ्र सम्पर्क राख्न समेत आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस