२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

अब पाँचपोखरीको वडामै बैंक खाता !

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ५ साल अघि
  • असोज ११, २०७७
    चौताराः पाँचपोखरी थाङ्गपाल गाउँपालिकाका अब वडा वडामै बैंक खाता खोल्न पाउने भएको छ। कामलाई छिटो छरितो र प्रभावकारी बनाउन पालिकाको योजनाको उपभोक्ता समितिको वडामै बैंक खाता खोल्न पाउने भएको हो।

    पहिलो पटक उपभोक्ता समितीको वडामै बैंक खाता सञ्चालनमा ल्याउन लागेको पालिका अध्यक्ष टासी लामाले जानकारी दिए। अब उपभोक्ता समितिहरुले बैंक खाता खोल्न गाउँपालिका सम्म पुग्नु पर्ने वाध्यता हटेको उनले बताए।

    प्रधानमन्त्री रोजगार कार्यक्रम सूचिकृत भएका कामदारहरुले मात्र उपभोक्ता समितिको काममा प्राथमिकता पाउने तथा अनिवार्यरूपमा कामदारहरुले बैंकमा खाता खोल्नुपर्ने नयाँ नियमको थालनी गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस