२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

‘संविधान परिवर्तनशील दस्तावेज हो, कार्यान्वयनमा जोड दिनुपर्छ’

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ५ साल अघि
  • असोज ४, २०७७
    चौताराः नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङले संविधानको पुर्ण रुपमा कार्यान्वयनमा लाग्नुपर्ने बताएका छन्। माकलबारी टोल सुधार समितिले संबिधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    नेपाली जनताको बलिदानिबाट प्राप्त उपलब्धि नेपालको संबिधान २०७२ को सबैले रक्षा गर्नका गर्नुपर्ने समेत बताए। ‘देश विकासको एउटा आधार भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयनमा गराउनुपर्छ’ उनले भने, ‘संविधान आफैंमा परिवर्तनशील दस्तावेज हो।’

    संविधानको बाझिएका धाराहरुको क्रमश संशोधन गर्दै सम्पुर्ण नेपालीहरुलाई अधिकार सम्पन्न बनाउदैं लैजानु पर्ने प्रष्टाए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस