२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

फिफा वरियतामा नेपाल १७० औँ स्थानमा यथावत

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • असोज १, २०७७
    चौताराः विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । गत महिना १७० औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार निकालेको वरीयतामा पनि १७० औं स्थानमा रहन सफल भएको हो ।

    नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।

    एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौ र कोलम्बिया दशौं स्थानमा रहेका छन् । दक्षिण एसियाली राष्ट्रमा नेपाल तेश्रो स्थानमा छ । नेपाल भन्दा अघि १०९ औ स्थानमा भारत र १५५ औ स्थानमा माल्दिभ्स रहेको छ ।

    नेपाल भन्दा तल १८७ औ स्थानमा बंगलादेश, १८९ औ स्थानमा भुटान, २०० औ मा पाकिस्तान र २०६ औ मा श्रीलंका रहेको छ । कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाएको छैन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस