२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

डेढ मिनेटमा पाँच खेलाडीलाई रेडकार्ड !

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ २९, २०७७
    एजेन्सीः फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटभित्र पाँच खेलाडीलाई रेडकार्ड देखाएर मैदान बाहिर पठाएका छन्।

    ​चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको भिडन्तमा नेइमारसहित पाँच खेलाडीलाई रेडकार्ड देखाइएको हो। खेलको इन्जुरी समयको ९७ देखि ९९ मिनेटभित्र दुई टिमका खेलाडी आपसमा भिडेपछि रेफ्रीले यस्तो अप्रिय निर्णय लिएका हुन्।

    रेड कार्ड पाउने खेलाडीमा पिएसजीका तीन र मार्सेलीका दुईजना छन्। यो खेलममा मासैलीले पीएसजीलाई १–० गोल अन्तरले हरायो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस