२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

यो कथा होइन

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ २७, २०७७

    अमित घिमिरे

    यी परिघटना कुनै जीवित वा मृत्त व्यक्तिको जीवनमा मेल नखाएमा केबल संयोग मानिने छ ।

    कहिले काँही जीवनमा धेरै ठूलो परीक्षाको घडी आउँदो रहेछ । हिजो त्यस्तै भयो । नाताले मेरो आफन्त पर्ने एकजना भाइ जो वैदेशिक रोजगारका लागि विदेशमा थियो ऊ आएछ ।

    यो मङ्सिरमा विवाह गर्नु पर्यो । मैले फेसबुकमा एउटी केटीसंग साथी बनाएर कुरो अघि बढाएको छु के होला दाइ? विहे जस्तो कुरो उसको बारेमा त्यति थाहा छैन के गरुँ? एकै सासमा आशालाग्दो मुहार बनाएर उसले सोध्यो ।

    के जवाफ दिने? विवाह जस्तो कुरो र चरित्र जस्तो कुराका बारेमा कसोरी बोल्नु । निकै बेर नाजावाफ भएँ । र भने तिमी ऊसंग उसको फेसबुक आईडी र पार्सवर्ड कसैगरेर पत्ता लगाऊ, त्यहाँबाट च्याट डिलिट गरिएको छ छैन हेर । डिलिट गरिएको हुन सक्छ ।

    तर, उसले थाहापाई भने च्याटमा म्यासेज नगर है भनेर पहिल्यै भन्न सक्छे । धेरैको दुईवटा आइडी हुन्छ । यदि तिमीले उसको फेसबुक आईडी र पार्सवर्ड थाहा पायौं भने साँझ देखि मध्यरात सम्म उसकै फेसबुकमा बस, सब क्लियर हुन्छ ।

    तिमीले केही गर्नै पर्दैन उतैबाट प्रश्न र उत्तर आउने छ । एउटाको हैन कम्तीमा ३ देखि ५ जनाको।

    महाभारत युद्धमा पठाएको सिपाही झै गरी ऊ छुट्टियो । थाहा छैन ऊ वीरगतिमा प्राप्त हुन्छ वा विजयी बन्छ । मलाई पनि एउटा प्रतिक्षा छ ।

    उसले विदेशबाट एउटा सेलफोन ल्याइदिएको रहेछ । उनीहरु पहिलो पटक आमुन्य सामुन्य भए । उसले सेलफोन दियो । २ वटा सिमकार्ड, मेमोरी पूरानोबाट झिकेर नयाँमा सब सेटिङ्ग गरिदियो । त्यसैबेला उसले उनको फेसबुक र अन्य सोसल साईडको पासवर्डको जानकारी लियो ।

    र,
    राति उसले जब उनको आइडीमा पुगेर हेर्यो । हैरान भयो, चकित भयो । म्यासेजहरु मात्र थिएनन् । त्यहाँ शरीरको गोप्य अङ्गहरु पठाइएको पनि थियो । एउटाको हैन ६ जनासँग । उस्तै पाराका कुरा । यौन लिप्सा र कुण्ठाग्रस्त संवादहरु ।
    ओइ…
    ओई…
    …चुप्प
    …लप यूू
    …मिस युू
    ……
    यि र यस्ता संवाद त सामान्य थिए ।
    अनि उसले युद्ध जिल्यो । एउटा चरित्रहिनको पञ्जाबाट उन्मुक्त भयो ।

    आज शनिवार म मर्निङवाकबाट फर्केको थिइँन्, विहानै ऊ आएर मेरो प्रतिक्षामा रहेछ । उसको चेहरामा ठूलो जीतको उत्साह थियो । चमक थियो ।

    दाइ एउटा नर्कमा डुबेर मैले जीवन निर्घृण हुनबाट म बचेँ र उसले सबविस्तार बतायो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस