२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

भारतमा पनि रुसी कोरोना खोप परीक्षण गरिने

  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ २३, २०७७
    एजेन्सीः रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

    रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।  यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए ।  यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उनले जानकारी दिए ।

    सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो । अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस