२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

पेट्रोलको मूल्य फेरि बढ्यो, ग्यासको मूल्य यथावत्

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ५ साल अघि
  • भदौ १७, २०७७
    चौताराः पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको हो।

    पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। अब एक लिटर पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ खुद्रा तोकिएको छ।

    डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस