२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

लिदी पहिरो पीडितलाई राप्रपाको सहयोग

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ५ साल अघि
  • भदौ १०, २०७७
    चौताराः जुगल गाँउपालिका २ लिदीको पहिरोमा परि विस्थापीत भएकाहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहयोग गरेको छ। विस्थापित भएको स्थानमै पुगेर राप्रपाले ५ लाख ६ हजार रुपैयाँ सहगोग गरेको हो।

    पहिरोमा परि आफ्नो परिवारको सदस्य गुमाएको १२ परिवारलाई १२ हजार, घरपुर्ण क्षती भएको १८ परिवार ६ हजार र घर जोखीममा परेर स्थानान्तरण हुन पुगेका १२७ परिवालाई २ हजारका दरले नगद सहयोग गरेको राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस