२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

डब्ल्यूएचओले भन्यो : ५ वर्ष तलका बालबालिकालाई मास्क नलगाइदिनू

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ५ साल अघि
  • भदौ ८, २०७७
    चौताराः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।

    यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ।

    यसैगरी १२ वर्षमाथिका बालबालिकाहरूलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै उक्त कुराहरु बताएको छ।

    साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ। तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ। एजेन्सी

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस