२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सेभियाले जित्यो युरोपा लिग उपाधि

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ ६, २०७७

    चौताराः स्पेनिश क्लब सेभियाले छैठौं पटक युरोपा लिग उपाधि जितेको छ। इटालियन क्लब इन्टर मिलानलाई १ गोल अन्तरले हराउँदै गएराती जर्मनीमा सेभियाले उपाधि उचालेको हो।

    गएराती भएको फाइनल खेलमा सेभियाले मिलानको पोस्टमा ३ गोल गर्‍यो भने मिलानले २ गोल फर्कायो। सेभियाका लागि डे जोङले २ र डिएगो कार्लोसले १ गोल गरेका थिए।

    रोमेरो लुकाकु र डिएगो गोडिनले १(१ गोल फर्काएपनि मिलानका लागि उपाधि जित्न त्यो पर्याप्त भएन। ९ वर्षयता कुनै उपाधि जित्न नसकेको मिलानले पछिल्लो प्रतिष्पर्धाबाट उपाधि तिर्खा मेटाउने अपेक्षा गरेको थियो। ​

    सेभियाले सन् २०१६ मा पनि युरोपा लिग जितेको थियो। एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस