२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

‘ड्रग फ्रि’ लाईफ

  • २०७७ श्रावण २४, शनिबार मा प्रकाशित ५ साल अघि
  • अमित घिमिरे
    साउन २४, २०७७
    अत्यन्तै खुशी छु । ६ वर्षपछि ड्रग फ्रि जीवन पाएको छु । आज तेस्रो दिन हो । ओखती नखाएको । कुनै साइड इफेक्ट भएको छैन । सामान्य महसुस गरेको छु ।
    एउटा महाभनायक शुन्यता र नैराश्यमा हुन्थ्ये म । अकारण । तुलना र हिसाव गर्ने हो भने थोरै भाग्यमानिहरुमा परेर पनि म भाग्यमानी अभागी थिएँ । मान्छेलाई चाहिने न्यूनतम कुराहरु घर, छोराछोरी, पत्नी, स्थायी जागिर, थोरबहुत नाम सबै भएर पनि म अकारण दुःखी थिएँ । व्यक्त गर्न पनि नसकिने व्यक्त गरे पनि मानिसलाई बुझाउन नसकिने ।
    मलाई सबै दुख्थ्यो । सबैको दुःख दुख्थ्यो । सेता लिवासमा कुनै नारी वा बच्चा देखें भने म वेहोसै हुँला जस्तो हुन्थ्यो । सडकमा भेटिने लावारिस मान्छे, पागल भनिएका भुईँमान्छे, दुःखी, गरिब मात्र हैन गल्लीका आवारा कुकुर, कीरा, पुतली, झ्याऊ, लेऊ सबै सबै दुख्ने । अद्भूत रोग ।
    साथ अर्को मनोवैज्ञानिक रोग पनि । जे कल्पना गर्यो त्यही भएको । जेजे लेख्यो त्यही हुने । यी ६ वर्षका अन्तरालमा १ दिन त्यस्तो रहेन होला जहाँ म नदुखेको हुँ । ५ पटक त मलाई पेनिक अट्याक आयो ।
    मेरो उपचार क्रमशः चौतारा, धुलिखेल, काठमाण्डौ, पाटन, पोखरा हुँदै दिल्ली पुगेर पनि पत्ता लागेन । एमआरआई, रगत र ईईजीका रिपोर्टहरु तेस्रो मुलुक पनि पुगे ।
    एक प्रकारको एन्जाईटी डिस्अर्डर जस्तै रोगको सिकार भएको थिएँ म । सिङ्गो दक्षिण एशियामा ०.०५ प्रतिशत मान्छेहरुमा हुने रोग । Memory Loss Related डिस्अर्डर थियो रे त्यो । यस्तो प्रहर पनि आयो कि म अफिस हिँडेको मान्छे बसपार्क पुगेछु । आफ्नो फोन नंमात्र हैन यदाकदा छेवैमा उभिएको गफ गरिरहेको मान्छेको नाम नै भूल्ने प्रहरमा पुगेको थिएँ । टाइप गर्दा गर्दै के लेख्न खोजेको हुँ विर्सने भएको थिएँ ।
    अनि intensive obsessive identification disorder को सिकार थिएँ म जसको कारण मेरा पात्रहरुको मलाई भ्रम हुन्थ्यो र भेट हुन्थ्यो । भ्रम वास्तविता रहेछ भेट संयोग रहेछ । तिनै संयोगलाई सत्य मान्दै म झन् बढी विमार भएछु । मान्छेको निचता मेरो त्यो भ्रममा पनि घात गरियो । जसले मलाई मानसिक रोगी र मानसिक अपाङ्ग पनि भन्यो । उसलाई धेरै धन्यवाद । ऊबाट यसप्रकारको सम्मान (?) नपाएको भए म भ्रमकै नर्गमा डुविरहने थिएँ हुँला । मानसिक अपाङ्ग भन्ने उपमाले मलाई नयाँ उर्जा दियो ।
    यसबीच मेरो लागि कामना गर्ने, प्रार्थना गर्नै, शुभेच्छा दिने हौषला प्रेरणा दिने सबैलाई नमन । गंगाजी, मेरो परिवार, शुभचिन्तक, साथीभाइ, ईष्टमित्र, यहाँ सम्मकी फेसबुकबाट कायम भएका तर आत्मीक हर मन प्रति नमन । म विरामी भएको सुनेर सडकमा वर्वराए हिँड्ने लालबहादुर गिरी भन्ने बाले घरमा आएर भन्नु भा थियो “अमित सर मैले थाहा पाएँ विरामी भएको र गोल्मादेवीलाई बल मागें” । त्यो प्रहरमा म कति रोएँ थ्ये । अरु धेरैले कामना र भाकल गरे । म उनीहरुको ऋणी छु । कठीन समय र परिस्थितिमा ओखती घरसम्म ल्यायो उसलाई नमन र त्यसलाई विशेष आभार जसले दिनरात मेरो रोगको बारेमा रिसर्च गर्यो ।
    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस