२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

आदिवासी महिलाहरुलाई राहत वितरण, पालिकाबाट १० लाख बजेट

  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • साउन २१, २०७७
    चौताराः अपाङ्गता भएका आदिवासी महिलाहरुलाई राहत वितरण गरेको छ। राष्ट्रिय आदिवासी जनजाती अपाङग महिला सघं नेपालको सहयोग र आदिवासी जनजाती महिला उत्थान केन्द्रको सहकार्यमा राहत वितरण गरेको हो।

    चौतारा साँगाचोकगढी नगरपालिका भित्र रहेका ५० जना महिलालाई राहत वितरण गरिएको हो। राहतमा चामल १ बोरा, रातो दाल २ केजी र स्वास्थ्य सम्बन्धि किट व्याग गरि जम्मा १ लाख ६० हजार बराबरको सामाग्री वितरण गरिएको हो।

    अपाङ्ग भएकाहरुलाई नगरपालिकाको तर्फबाट अपाङ्गता तर्फको नेतृत्व र कार्यक्रमलाई बजेटमा १० लाख छुटाएको नगरप्रमुख अमानसीं तामाङ बताए। अपाङ्गता भएका व्यक्तिले झैँ काम गर्न सक्ने भएकाले हकहितको लागी सबै एकजुट हुनुपर्नेमा जोड दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस