२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

बरुवामा एक पुरुषको शव भेटियो

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • साउन २०, २०७७
    चौताराः सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको हो ।

    लामा यही साउन १९ गतेदेखि हराइरहेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । उनको शव आज छहरे खत्कुलो छाँगोमा देखिएको वडाध्यक्ष लामाले बताए ।

    छाँगो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर स्थानीयवासी लागिपरेका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस