२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

युभेन्ट्सकाे पाेल्टामा उपाधि

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • साउन १२, २०७७
    चाैतारा: युभेन्ट्सले नवौँ पटक सिरि ए फुटबलको उपाधि जितेको छ। आइतबार राति साम्पोडियालाई २–० गोलले पराजित गर्दै युभेन्ट्सले लगातार नवौं पटक लिगको उपाधि हात पारेको हो।

    युभेन्ट्सका लागि घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक÷एक गोल गरे। पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गर्दै खेललाई १–० को स्थितिमा पु¥याएका थिए। मध्यान्तरपछिको खेलको ६७औँ मिनेटमा बर्नार्डेस्कीले गोल गर्दै आफ्नो टोलीलाई बलियो अवस्थामा पु¥याए।

    खेल सकिनै लाग्दा युभेन्ट्सले पेनाल्टीको अवसर पायो। तर रोनाल्डोले पेनाल्टीको फाइदा उठाउन सकेनन् । युभेन्ट्सले दुई खेल अघि लिगको उपाधि आफ्नो पोल्टामा पारेको हो। दोस्रो स्थानमा रहेको ईन्टर मिलान ७ अंकले पछि परेको छ। युभेन्ट्सको ८३ अंक छ भने ईन्टरको ७६ अंक छ। एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस