२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

इन्द्रावतीमा भव्य रंगशाला बन्दै

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ५ साल अघि
  • असार २७, २०७७
    नवलपुरः सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका ५ बाँडेगाउमा भव्य रगशाला बन्ने भएको छ । प्रस्तावित रगशालाको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बशलाल तामाङले उद्घाटन गरेका हुन् ।

    ३ करोड ७९ लाख ११ हजार दुई सय नौ रूपैयाँ लागतमा निर्माण हुन लागेको सो रँगशाला यही बर्षको माघ २१ सम्ममा निर्माण गर्ने सम्झौता गरिएको छ । रगशाला निर्माणका लागि गाउँपालिकाले श्री वल्डवाईड आरवि जेभी कम्पनीसँग सम्झौता गरेको छ ।

    एक हजार दर्शक क्षमताको सो रंगशाला ४५ र०९ मिटरको क्षेत्रफलमा बन्ने पालिका अध्यक्ष तामाङले जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस