२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

कोरोना संक्रमित संख्या घट्यो, शुक्रबार थपिए ११८ जना

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • असार २६, २०७७

    चौताराः पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।

    शुक्रबार काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

    आजसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको बताए। शुक्रबार पिसिआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ।

    देशभरका क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन्। विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

    बुधबार देशभर २ सय ५५ र हिजो बिहीबार १०८ जना संक्रमित थपिएका थिए। आज शुक्रबार देशभरबाट १ सय २० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ जना छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस