२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल

  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ५ साल अघि
  • असार २०, २०७७

    चौताराः सिन्धुपाल्चोक खाडिचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएको महिलाको शल्यक्रिया सफल भएको छ। काठमाडौंको हेम्स अस्पतालमा शुक्रबार सांझ शल्यक्रियाबाट बच्चा निकालिएको हो।

    खाडिचौरस्थित सदाबहार अस्पतालका डाक्टरले शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसावथैली जोडिएको भेटिएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो।

    उनी लिंसखुपाखर गाउँपालिका ७ की २४ वर्षीय निशा तामाङ हुन्। बिहीबार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस