२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

सिन्धुपाल्चोक काेराेना संक्रमितकाे संख्या ३० पुग्यो

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ५ साल अघि
  • असार १४, २०७७
    मेलम्ची: सिन्धुपाल्चोकमा जिल्ला काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ। अाइतबार इन्द्रावती गाउँपालिका ५ का एक पुरूषमा काेराेना देखिएसँगै संक्रमितकाे संख्या ३० पुगेकाे हाे।

    सुनाैली नाका हुदै भारतबाट अाएका ती पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे जिल्ला जनस्वास्थय अधिकृत दुर्गादत चापागाईले जानकारी दिए।

    असार ५ गते अाएर पाँचपोखरी गाउँपालिकाको तिपेनीस्थित क्षेत्रपाल माविको क्वारेन्टाइनमा बसेका थिए। उनमा काेराेना संक्रमण पुष्टि भएसँगै मेलम्ची नगरपालिकाको आइसोलेसनमा राखेर उपचार थालिएकाे अधिकृत चापागाईंले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस