२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्ष स्थानमा पुग्यो रियल

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • असार ११, २०७७
    काठमाडौः स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा मालोर्कालाई २–० गोल अन्तरले हराउँदै तालिकाको शीर्ष स्थानमा फर्किएको हो।

    रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरे। घरेलु मैदानमा १९ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको थियो। रामोसले ५६ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए। शीर्ष स्थानको रियलले ६८ अंक जोड्न सफल रह्यो।

    बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टू हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो। पछिल्लो नतिजाले मालोर्का रेलिगेशनमा झर्ने सम्भावना प्रबल बनेको छ। मालोर्का २६ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा छ। लिगमा ७ चरणको खेल बाँकी रहदाँ रियलले लिगमा अग्रता बनाउन सफल भएको छ।

    रियल सन् २०१७ पछि पहिलो पटक लिग उपाधि जित्ने अभियानमा छ। गएराति नै भएका अन्य खेलमा ओसासुनाले एलाभिसलाई १–० ले हराउँदा सेल्टा भिजोले रियल रोडिडाडलाई १–० ले नै हरायो । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस