२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको शून्य सिट

  • २०७६ माघ ९, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्याेति

    काठमाडौं, ९ माघ २०७६

    राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । निर्वा्चित हुनेमा १६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् भने प्रदेश नम्बर २ बाट राजपा नेपालका दुईजना निर्वा्चित भएका छन्।

    सातओटै प्रदेशमा बिहीबार बिहानदेखि अपराह्नसम्म मतदान भएकामा करिव ९८ प्रतिशत मत खसेको थियो। सातओटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमूख र उपप्रमूख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेका थिए। प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमूख र उपप्रमूखको मतभार १८ रहेको थियो ।

    प्रदेश नम्बर १

    प्रदेश नम्बर१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी निर्वा्चित भएका छन् ।

    प्रदेश २

    त्यस्तै, प्रदेश–२ बाट नेकपाकी तुलसा दाहाल, राधेश्याम पासवान तथा राजपा नेपालका शेखर सिंह र मृगेन्द्र सिंह यादव निर्वा्चित भएका छन् ।

    बाग्मती प्रदेश

    यता, वाग्मती प्रदेशबाट नेकपाका वेदुराम भुसाल र गंगा बेलबासे विजयी भएका छन् ।

    गण्डकी प्रदेश

    यस्तै, गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वा्चित भएका छन् ।

    प्रदेश ५

    प्रदेश नम्बर–५ बाट नेकपाकी विमला घिमिरे, नेकपाकै जगप्रसाद शर्मा र गोपाल भट्टराई निर्वा्चित भएका छन् ।

    कर्णाली प्रदेश
    कर्णाली प्रदेशबाट नेकपाकै मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वा्चित भएका छन् ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशबाट नेकपाकी शारदा भट्ट र तारामान स्वार निर्वा्चित भएका छन् ।

    कांग्रेस शून्य
    निर्वाचनमा प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन। यसअघि जितेका सातओटा सिट पनि कांग्रेसले गुमाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस