२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

प्रदेश स्तरिय खेलकुदमा १ सय ७८ स्वर्णकाे लागि प्रतिस्पर्धा हुँदै ।

  • २०७६ माघ ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • खबरज्याेती 

    ९ माघ २०७६

    विदुर गिरी /सिन्धुपाल्चोक

     दाेस्राे वाग्मती  प्रदेश स्तरिय खेलकुद प्रतियोगिता चैतकाे अन्तिम साता (२१-२८) हेटाैंडामा हुने भएकाे छ । साताब्यापि रुपमा सञ्चालन हुने खेलकाे हेटाैंडामा उद्दघाटन भै चितवनमा समापन गरिने कार्यक्रम तय भएकाे छ ।

    वाग्मती प्रदेशकाे १३ जिल्लाका २हजार ६ सय खेलाडिले १ सय ७८ स्वर्णकाे लागि ८ बिधामा प्रतिस्पर्धा गर्न लागेकाे वाग्मती प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिब सुर्यलाल भण्डारीले जानकारी दिए । खेलाडिहरुले फुटबल , भाेलिबल, क्रिकेट , तेकान्दाे, कराँते, बक्सिङ र यथ्लेटिक्स खेलमा भागलिन पाउने छन् । खेल हेटाैंडा र चितवन गरि २ स्थानमा गराइने तय भएता पनि कुन खेल कहाँ गराइने पछि टुङ्गाे लगाइने प्रदेश खेलकुद बिकास परिषदका सदस्य बिकास तामाङले जनाए ।

    चितवन र हेटाैंडा दुबै ठाउँमा पाैडि पाेखरी नभएकाले पाैडि खेललाई समावेश गर्न नसकिएकाे सदस्य तामाङले बताए । उक्त प्रतियोगिताबाट प्रदेश स्तरीय टिम तयार बनाइने छ । र तेहि टिमले राष्टिय खेलकुद प्रतियोगितामा भाग लिने छ । प्रदेश स्तरीय खेलकुद तयारी अन्तर्गत प्रदेशका १३ अाेटै जिल्लामा अध्यक्ष ताेक्नि काम भैसकेकाे छ । उक्त प्रतियोगिता सम्पन्न गर्नकाे लागि ८ कराेड लाग्ने अनुमान गरिएकाे अायाेजक पक्षले जनाएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस