२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिन्धुकपको उपाधि जावलाखेललाई

Thumbnail
  • २०७६ बैशाख ३०, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ बैशाख ३०
    सिन्धुपाल्चोक: सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथ क्लबले चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
    शनिबार भएको फाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल च्याम्पियन बनेको हो ।
    लामोसाघुको बसन्तपुर मैदान भएको खेलमा जावलाखेल युथ क्लबले उपाघि हात पार्यो । १० खेलाडीमा सिमित जाउलाखेललाई जितउन बोरिसले दुई गोल गरे । खेलको १८ औं मिनेटमा बोरिसले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा बोरिसले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको जित पक्का गरे ।
    खेलको ३६ औं मिनेटमा डाम्बियाले रातो कार्ड पाउँदा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । उपाधिसंगै जावलाखेलले ५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता गोर्खाले २ लाख ५० हजारमा चित्त बुझाएको छ । युथ स्पोर्टस् क्लबका ेआयोजनामा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस